चिनियाँ नम्बर वान ब्राण्ड आइमाका इ-स्कुटर नेपाली बजारमा

काठमाडौं । चीनमा बिजुलीका दुई पाँग्रे सवारीसाधन बिक्री गर्ने नम्बर एक ब्राण्ड आइमा (aima) ले काठमाडौंको त्रिपुरेश्वरमा आफ्नो पहिलो शोरुम सञ्चालनमा ल्याएको छ । प्रधानमन्त्री कार्यालयका मन्त्री उमेश श्रेष्ठले शनिबार एक कार्यक्रमबीच शोरुमको उद्घाटन गरे । स्कुटरका लागि नेपालको आधिकारिक बिक्रेता हिमाल इभी मोटर्स प्रालि हो ।

नेपाली बजारका लागि एकदमै उपयुक्त विद्युतीय स्कुटरको राम्रो डिजाइन र सशक्त विशेषताहरूको रहेको बताउँदै मन्त्री श्रेष्ठले अबको प्राथमिकता विद्युतीय सवारी भएको धारणा राखे ।

कम्पनीले नेपाली बजारमा चारवटा मोडलमा इलेक्ट्रिक स्कुटर उपलब्ध गराएको छ । विद्युतीय स्कुटरमा प्रिमियम ब्राण्ड नेपाली बजारमा भित्र्याउन आफूहरु सफल रहेको हिमाल इभीका सञ्चालक एवं आइटी इन्जिनियर गौरव बजाजले बताए ।

footwear zone

नेपालभर इ स्कुटर बिक्री गर्ने र बिस्तारै एसेम्बली प्लान्ट पनि सुरु गर्ने आफ्नो योजना रहेको उनले बताए । ‘अबको बजार इभीमै छ । इन्धन खपत घटाउन र ऊर्जा खपत बढाउन पनि इभीको प्रयोग बढाउनुपर्छ,’ उनले भने ।

चिनिया नम्बर वान ब्राण्डको इ स्कुटर नेपाली बजारमा लोकप्रिय हुने बजाजले विश्वास व्यक्त गरे ।  ८० देखि १ सय ५० किलोमिटरको रेन्जमा स्कुटरहरु उपलब्ध छन् ।X612 EEC, X611 EEC, Tiger S5 र Mine Plus गरी ४ मोटलमा स्कुटर उपलब्ध छन् । स्कुटरको मूल्य १ लाख ८४ हजार रुपैयाँदेखि ५ लाख १५ हजार रुपैयाँसम्म पर्छ ।

You might also like

Comments are closed.