काठमाडौंको तिनकुनेमा व्यञ्जन हाउस संचालन

काठमाडौं । काठमाडौंको तिनकुनेमा शनिबारदेखि व्यञ्जन हाउस संचालनमा आएको छ । हाउस युवा व्यवसायी लक्ष्मण खड्कालगायको संयुक्त लगानीमा संचानमा आएको हो ।

व्यञ्जन हाउसको शनिबार एक कार्यक्रमकाबीच नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष भवानी राणाले उद्घान गरेकी छन् । आजदेखि संचालनमा आएको यस व्यञ्जन हाउसमा सुविधा सम्पन्न क्याफे, रेस्टुरेन्ट र पार्टी हाउस एकै ठाउँमा रहेको छ ।

footwear zone

त्यस्तै, हाउसमा नेपाली खाना र खानाका परिकारहरु, सबै प्रकारका फास्टफुडका आईटमहरु र सेकुवा आईटमहरु उपलब्ध छ ।

साथै ५० जना क्षमताको मिटिङ रुम, भिआईपी रुम, सेप्रेट सेलेव्रेसन रुमहरु, प्रर्याप्त पार्किङलगायतका सबै किसिमका सुविधाहरु रहेका छन् । विशेषगरि शुक्रबार र शनिबार बेलुकी लाईभ म्युजिकको पनि सुविधा रहेको छ ।

You might also like

Comments are closed.