एसडिआई र ग्रावियलको ग्राहक भेटघाट कार्यक्रम सम्पन्न

काठमाडौं । एसडिआई अटोमोबाइल्स प्रा.लि र ग्रावियल इन्डियाको आयोजनामा ग्राहक भेटघाट कार्यक्रम सम्पन्न भएको छ । देशभरका रिटेलर बिक्रेताहरूको उपस्थितिमा शनिबार कार्यक्रम आयोजना गरिएको हो ।

ग्रावियलका लागि नेपालको आधिकारिक बिक्रेता एसडिआई अटोमोबाइल्स हो । एसडिआईका अध्यक्ष दीपेन्द्र मिश्राको अध्यक्षता तथा ग्रावियल इन्डियाका सिओओ अमिताभ श्रीवास्तवको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

भारतमा आनन्द ग्रुप अन्तर्गत ग्रावियल उत्पादन हुँदै आइरहेको छ । ६० वर्ष अगाडिबाट ग्रावियल उत्पादन हुँदै आइरहेको छ । ६० वटा प्लान्टबाट २५ प्रकारका प्रडक्ट उत्पादन हुँदै आइरहेको श्रीवास्तवले जानकारी दिए ।

footwear zone

मेचीदेखि महाकालीसम्म अटोमोबाइल क्षेत्रमा प्रयोग हुने स्पेयर्स पार्टसहरू नेपाली बजारमा एसडिआईले बिक्री गर्दै आइरहेको डाइरेक्टर संजिब हमालले जानकारी दिए ।

You might also like

Comments are closed.