२४ औं पोखरा सडक महोत्सवको संयोजकमा बसन्त गौतम, मिनि सडक महोत्सव संयोजकमा विकास

पोखरा । रेष्टुरेण्ट एण्ड वार एशोसियसन (रेवान) पोखराको आयोजनामा पोखरामा वर्षेनी हुँदै आएको पोखरा सडक महोत्सवको २४ औं संस्करणका लागि बसन्त गौतम संयोजक चयन भएका छन् ।

रेवान पोखराको भर्खरै सम्पन्न नयाँ कार्यसमितिको पहिलो बैठकले गौतमलाई संयोजकमा चयन गरेको हो । बैठकले सह-संयोजकमा योगेश भट्टराई र बैभव पौडेललाई चयन गर्‍यो ।

त्यस्तै बैठकले विश्व पर्यटन दिवस, २७ सेप्टेम्बरका दिन रेवान पोखराले आयोजना गर्दै आएको एक दिने मिनि सडक महोत्सवका लागि समितिका महासचिव विकास भट्टराईलाई संयोजकको जिम्मेवारी दिइएको अध्यक्ष नरेश भट्टराईले जानकारी दिए ।

footwear zone

आन्तरिक तथा वाह्य पर्यटन प्रवद्र्धनका साथै लोपोन्मुख भेषभूषा, कला, सँस्कृति, ग्रामीण भेगमा उत्पादित घरेलु सामग्रीहरुको संरक्षण एवं प्रवद्र्धन गरी पोखरालाई अंग्रजी नयाँ वर्षको गन्तब्य स्थलका रुपमा पहिचान दिलाउने उद्देश्य सहित रेवान पोखराले २३ वर्षदेखि पोखरा सडक महोत्सव आयोजना गर्दै आएको छ । पुषको १३ देखि १७ गते सम्म लेकसाइडको सडकमा यो महोत्सव सञ्चालन हुने गर्दछ ।

 

You might also like

Comments are closed.