काठमाडौं । नेपाल कुचो संघको अध्यक्षमा राजकुमार कार्की पुनः चयन भएका छन् । काठमाडौमा आज भएको नेपाल कुचो संघ केन्द्रीय समितिको प्रथम अधिवेशनबाट दोस्रो कार्यकालका लागि कार्की पुन अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।
बरिष्ठ उपाध्यक्षमा ख्याम पोखरेल, उपाध्यक्षमा मातृका घिमिरे ,रविन्द्र खड्का र सुबास बोलछे चयन भएका छन् भने महासचिवमा धनपति पोखरेल, कोषाध्यक्षमा रुष्मा खतिवडा चयन भएका छन् ।
यसैगरी, सदस्यमा सुरेश चौधरी, देवनारायण चौधरी, बमबहादुर तामाङ, मनोज शाह, रोहित शाह, राजकिशोर चौधरी, राम आचार्य, प्रल्हाद शाह, आइतराज लिम्बू, गीता भट्टराईलगायत २१ जना कार्यसमितिमा चयन भएका छन् ।

उनीहरुलाई बरिष्ठ अधिवक्ता तथा निर्वाचन अधिकृत कुमारमणि अधिकारीले सपथ गराए । यसै अधिवेशनले प्रदेश १ का अध्यक्षका लागि मधुमल्लाका हेमचन्द्र बोहोरालाई चयन गरेको छ ।




Comments are closed.