काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई सहज रुपमा बैंकिङ सेवा पुर्याउने उद्देश्यले भदौ ५ गतेदेखि इनरुवा शाखा कार्यालयको स्थानान्तरण गरेको छ ।
साबिकको इनरुवा शाखा भन्दा करिब १०० मिटर दक्षिणतर्फ रहेको नयाँ भवनमा शाखा स्थानान्तरण गरेको हो । उक्त शाखा सुनसरी जिल्ला, इनरुवा नगरपालिका वडा नं. १, देवानगन्ज रोडस्थित गोलचोकमा स्थानान्तरण भएको हो ।
यस विकास बैंकको स्थानान्तरीत इनरुवा शाखाको उद्घाटन इनरुवा नगरपालिकाका मेयर केदार भण्डारीले गरे । यसैगरी कार्यक्रममा इनरुवा नगरपालिका वार्ड नं. १ का वडा अध्यक्ष प्रमोद पोखरेल, सुनसरी जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष विरेन्द्र शाह तथा उपाध्यक्ष गिरीराज अटल, बैंकका प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहरा, नायब प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी, मुख्य प्रबन्धक दिपक खनाल लगायत बैैंकका कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

बैंकको हाल देशका सातवटै प्रदेशमा गरी ८६ वटा शाखाहरु सञ्चालनमा रहेका छन् । यस बैंकले “निरन्तर सहयात्रा ” भन्ने नाराका साथ आफ्ना ग्राहकलाई उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।
ग्राहकहरुलाई अधिकतम प्रतिफल दिने उद्देश्यले बैंकले मुद्दती खातामा मासिक रुपमा ब्याज प्रदान गर्ने बिशेष योजना समेत कार्यान्वयनमा ल्याएको छ ।





Comments are closed.