दशैं जुत्ता चप्पल व्यापार मेला आजदेखि शुरु

काठमाडौं । दशैं जुत्ता चप्पल व्यापार मेला आजदेखि शुरु भएको छ । बडा दशैं तथा चाडपर्वको उपलक्ष्यमा फुटवेयर म्यानुफ्याक्चर्स एसोसिएसन अफ नेपालले आयोजना गरेको मेला आजदेखि काठमाडौंको भृकुटी मण्डपमा शुरु भएको हो ।

आज (भदौ ५ गते) देखि शुरु भएको मेला आगमी भदौ २० गतेसम्म चल्ने छ । मेलाले नेपाली उत्पादनको बजारीकरण र बिक्री प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

साथै नेपाली जुत्ता, चप्पल तथा छाला जन्य वस्तुको विषयमा सकारात्मकताको सञ्चार गर्न सघाउने र आम नेपालीहरुमा राष्ट्रियताको भावना प्रवर्द्धन गर्न थप मद्दत पुग्ने विश्वास गरिएको छ ।

footwear zone

मेलामा लेडिज, जेन्स र बालबालिका सबैलाई समेट्ने गरि नेपालमा उत्पादित जुत्ता, चप्पल तथा छाला जन्य वस्तुहरु र स्वदेशमै तयार गरिएका चाडबाड लक्षित जुत्ता चप्पल रहने छन् । मेलामा ३० भन्दा बढी ब्राण्डका १ हजार मोडलका जुत्ता १० देखि ५० प्रतिशतसम्म छुटमा पाउन सकिनेछ ।

मेला २ लाख ५० हजारभन्दा बढी स्वदेशी तथा विदेशी आगन्तुकहरुले भ्रमण गर्ने अनुमान गरिएको छ भने, ३ करोड बराबरको कारोबार हुने अपेक्षा गरिएको छ ।

You might also like

Comments are closed.