ग्लोबल हेल्थकेयर लिडर अफ द इअर अवार्ड डा. सुदीप श्रेष्ठलाई

काठमाडौं । यस वर्षको हेल्थकेयर लिडर अफ द इअर अवार्ड नेपाल क्यान्सर हस्पिटल एण्ड रिर्सच सेन्टरका संस्थापक अध्यक्ष एवं कन्सल्टेन्ट मेडिकल अंकोलोजिस्ट डा. सुदिप श्रेष्ठले पाएका छन् ।

प्रतिष्ठित ग्लोबल हेल्थकेयर लिडर अफ द इअर अवार्ड भारतको नेटवर्क ७ मिडियाद्वारा हरेक वर्ष प्रदान गरिँदै आएकोमा यस वर्षको अवार्ड डा. श्रेष्ठ प्राप्त गर्न सफल भएका हुन् ।

श्रेष्ठलाई स्वास्थ्यका क्षेत्रमा गुणस्तरीय सेवा प्रवाह गर्दै सामाजिक क्षेत्रमा समेत पुर्‍याएको योगदानको मुल्यांकन गरि अवार्ड प्रदान गरिएको हो । अवार्डका लागि विभिन्न देशका १२० जना छनोट भएपनि योग्दानका आधारमा अन्तिम चरणमा ६ जना नोमिनेसनमा पुगेका थिए ।

footwear zone

यो अवार्ड डा. श्रेष्ठलाई आगामी सेप्टेम्बर १० मा भारतको मुम्बईमा हुने पन्ध्रौं फर्मासिटकिल्स लिडरसीप समिट तथा फर्मा लिडर्स हेल्थकेयर लिडरसीप अवार्ड २०२२ को सम्मेलनमा भारतीय स्वाथ्य मन्त्रीले प्रदान गर्नेछन् ।

You might also like

Comments are closed.