काठमाडौं । एसोसिएसन अफ अष्ट्रेलियन एजुकेसन रिप्रिजेन्टेटिभ्स इन नेपाल (एरी नेपाल)को अध्यक्षमा महेशबाबु तिमल्सिना चयन भएका छन् ।
आइतबार सम्पन्न एसोसिएसनको चौथो साधारण सभाले उनलाई अध्यक्षमा चयन गरेको हो । साथै साधारण सभाले अध्यक्ष र कोषाध्यक्ष प्रतिवेदन पारित गरेको छ । साधारण सभामा विधान परिमार्जन सम्वन्धी छलफल पनि गरिएको छ ।
अष्ट्रेलियाली शिक्षा प्रदायकहरुसँग सक्रिय रुपमा काम गर्ने नेपाली शिक्षा एजेन्टहरुको विश्वसनीयता, सत्य, निष्ठा र नैतिक अभ्यास सुनिस्चित गर्ने उद्देश्यले सन् २०१८ जुनमा एसोसिएसनको स्थापना गरिएको हो ।






Comments are closed.