काठमाडौं । पछिल्लो समयमा सुनचाँदीको मूल्य लगातार ओरालो लागि रहेको छ । साताको पहिलो दिन आइतबार स्थिर रहेको छापावाल सुनको मूल्य सोमबार भने फेरि तोलामा २ सय रुपैयाँले घटेको छ ।
तोलामा २ सयले घटेसँगै छापावाल सुन आज तोलाको ९५ हजार ३ सय रुपैयाँ कायम भई कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
आइतबार छापावाल सुन तोलाको ९५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज तेजाबी सुन प्रतितोला ९४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

आइतबार तेजाबी सुन तोलाको ९५ हजारमा कारोबार भएको थियो । त्यसैगरी, आइतबार तोलामा १५ रुपैयाँले घटेको चाँदी सोमबार पुनः ५ रुपैयाँ घटेको छ ।तोलामा ५ रुपैयाँले घटेसँगै आज चाँदी तोलाको १ हजार १ सय ६५ रुपैयाँ कायम भई कारोबार भइरहेको महासंघले जनाएको छ ।
हिजो चाँदी तोलाको १ हजार १७० रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा महासंघले यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।




Comments are closed.