काठमाडौं । सिभिल बैंक लिमिटेड र इन्टरनेशनल इन्स्टिच्युट अफ फेसन टेक्लोलोजी (आईआईएफटी) बीच छुट सम्झौता भएको छ ।
उक्त सम्झौतामा आईआईएफटीका तर्फबाट प्रबन्धक निर्देशक फूपु तेन्जिङ शेर्पा तथा निर्देशक विपना थापा र सिभिल बैंकको तर्फबाट सिभिल बैंक बागमती प्रदेश प्रमुख सुरज दाहाल तथा बाङ्गेमुडा शाखा प्रमुख रजल बज्रचार्यले हस्ताक्षर गरेका छन् ।
उक्त सम्झौतापछि सिभिल बैंकमा खाता हुने ग्राहकहरुले आईआईएफटीमा फेसन डिजाइनिङ र इन्टेरियर डिजानिङ सिक्न चाहनेले अधितम १५ प्रतिशतसम्म छुट पाउनेछन् ।

उक्त सम्झौतापछि आईआईएफटीका प्रबन्धक निर्देशक शेर्पाले आईआईएफटीको अफिसियल बैंक सिभिल बैंक रहने बताए । यस सम्झौताले विशेषगरी आईआईएफटीमा फेसन डिजाइनिङ सिक्न चाहनेहरु लाभान्वित हुने बैंक र आईआईएफटीको भनाइ छ ।




Comments are closed.