बुधबारदेखि खप्तड लघुवित्तको आईपीओ खुल्दै

काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्थाको भोलि बुधबारबाट आईपीओ खुला हुँदैछ । लघुवित्तले भदौ ८ गते बुधबारबाट १ लाख ३२ हजार कित्ता आईपीओ खुला गर्न लागेको हो ।

कूल निष्काशन मध्ये २ हजार कित्ता कर्मचारीहरूका लागि र ६ हजार ६०० कित्ता सेयर सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरी बाँकी १ लाख २३ हजार ४०० कित्ता सेयर सर्वसाधारणका लागि बिक्री गर्न लागिएको हो ।

लघुवित्तले प्रतिसेयर १०० रुपियाँ अंकित मूल्य भएका १ करोड ३२ लाख रुपियाँ बराबरको १ लाख ३२ हजार कित्ता आईपीओ जारी गर्दै छ ।हाल लघुवित्तको चुक्ता पूँजी २ करोड ६८ लाख रुपैयाँ रहेको । आईपीओ बाँडफाँटपछि लघुवित्तको चुक्ता पूँजी ४ करोड रुपियाँ पुग्नेछ ।

footwear zone

उक्त कम्पनीको आईपीओमा भदौ १२ गतेसम्म आवेदन दिन सकिने छ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार ३२० कित्तासम्म आवेदन दिन सक्ने बिक्री प्रवन्धक प्रभु क्यापिटलले जनाएको छ ।

 

You might also like

Comments are closed.