प्रभु बैंकका कर्मचारी आन्दोलित, माग सम्बोधन नभए अर्को चरणको आन्दोलन गर्ने चेतावनी

काठमाडौं । प्रभु बैंकका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन्। आफुहरूमाथि भएको विभेदको अन्त्य गर्न माग गर्दै कर्मचारीहरूले प्रभु बैंकको केन्द्रीय कार्यालय अगाडि मंगलबार धर्ना दिएका छन् ।

माग सम्बोधन नभए अर्को चरणको आन्दोलन गर्ने चेतावनी उनिहरुले दिएका छन् । प्रभु बैंक वित्तीय संस्था कर्मचारी युनियनले आफुहरूमाथिको विभेद अन्त्य गर्नुपर्ने, विभेदकारी पदोन्नती सूचीमा छुटेका सम्पूर्ण कर्मचारीहरुको तुरुन्त पदोन्नती गर्नुपर्नेलगायतका माग राख्दै धर्ना दिएका हुन् ।

उनीहरुले संस्थागन सुशासन कायम गर्नुपर्ने र संस्थागत संस्कृतिको विकास गनुपर्ने मागसमेत राखेका छन् ।

footwear zone

You might also like

Comments are closed.