बैंक तथा फाइनान्स कम्पनीको चुक्ता पुँजी ४ खर्ब नाघ्यो

काठमाडौं । बैंक तथा फाइनान्स कम्पनीहरूको चुक्ता पुँजी ४ खर्ब रुपैयाँ नाघेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष ०७८/७९ मा सञ्चालनमा रहेका २६ वाणिज्य बैंक, क्षेत्रीय तथा राष्ट्रियस्तरका समेत गरी १७ विकास बैंक र १७ फाइनान्स कम्पनीसहितका ६० संस्थाले कुल चार खर्ब सात अर्ब ७८ करोड ९० लाख रुपैयाँ चुक्ता पुँजी कायम गरेका हुन् ।

यस अवधिमा वाणिज्य बैंकहरूको मात्र चुक्ता पुँजी भने तीन खर्ब ५६ अर्ब नौ करोड ५० लाख रुपैयाँ पुगेको छ ।

footwear zone

राष्ट्र बैंकका अनुसार यस अवधिमा विकास बैंकहरूको कुल चुक्ता पुँजी ३६ अर्ब ९९ करोड ४० लाख रुपैयाँ पुगेको छ भने, फाइनान्स कम्पनीहरूको कुल चुक्ता पुँजी १४ अर्ब ७० करोड रुपैयाँ पुगेको छ ।

You might also like

Comments are closed.