युनि राइड एण्ड रेस अटो टीभीएस फुट्सल प्रतियोगिता आयोजना हुने

काठमाडौं । युनि राइड एण्ड रेस अटो प्रा.लि.ले पहिलो युनि राइड एण्ड रेस अटो टीभीएस फुट्सल प्रतियोगिताको आयोजना गर्ने भएको छ ।

प्रा.लि.ले मंगलबार एक पत्रकार सम्मेलनको आयोजना गर्दै यही भदौ १२, १३ र १४ गते प्रतियोगिता आयोजना गर्ने जनाएको छ । प्रतियोगिता कलेज तथा विभिन्न संघसंस्थाहरुबीच हुनेछ । सानेपामा हुने प्रतियोगितामा २० टीमको सहभागीता रहनेछ ।

प्रतियोगितामा प्रथम हुने टिमलाई ५० हजार नगदसहित ट्रफी मेडल, द्वितीय हुनेलाई २५ हजार नगदसहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । साथै विजेताले विभिन्न संस्थाहरुबाट पुरस्कार तथा छात्रवृत्ति पाउने युनि राइट एण्ट रेस अटोका संचालक निर्मल सिग्देलले जनाकारी दिए ।

footwear zone

साथै utkrista gk, utkrista defence, utkrista game changer, utkrista striker मा उच्च अंक ल्याउनेलाई ट्रफी र प्रमाणपत्र दिइनेछ ।

प्रतियोगिताको आयोजकमा uni ride, race auto, Burger house and crunchy fried chicken, Unicampus, Hikvision maxima, Rc cola, Ldyllic, Sympotech, Chauresitar/mamaghar café and yoho tv, action Sports रहेका छन् ।

युनि राइटले संस्थाको स्थापनाकालदेखि नै कार्यक्रम तथा संस्थाको विधान अन्तर्गत महिला, बालबालिका तथा युवाहरुलाई लक्षित गरि बेलाबेला विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।

You might also like

Comments are closed.