गरिमा विकास बैंक र फोकसवान पेमेन्टबीच भुक्तानी सेवा सम्झौता

काठमाडौं ।  गरिमा विकास बैंक लिमिटेड र फोकसवान पेमेन्ट सोलुसन प्रा.लि बीच भुक्तानी सेवा सम्बन्धी सम्झौता भएको छ ।

बैंकले भिजा कार्डबाट हुने विभिन्न बिल भुक्तानीहरुलाई थप सरल तथा ग्राहकमैत्री बनाउन फोकसवान पेमेन्ट सोलुसनद्वारा संचालित मोको डिजिटल वालेटसँग सम्झौता गरेको हो ।

सम्झौतापत्र अनुसार यस बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुले आफ्नो भिजा कार्ड मोको डिजिटल वालेटमा लिंक गराई विभिन्न सेवाहरु जस्तैः मोबाईल टपअप, ईन्टरनेट, विद्युत ,खानेपानीको बिल भुक्तानी, हवाईजहाजको टिकटको बिल भुक्तानी लगायतका सेवाहरु सजिलै प्रयोग गर्न सक्नेछन् ।साथै,मोको डिजिटल वालेटबाट नेपालभर १५ सयभन्दा बढी मर्चेन्टहरुमा स्क्यान टु पे मार्फत सजिलै बिल भुक्तानी गर्न सकिनेछ ।

footwear zone

हाल गरिमा बैंकले नेपालभर १२० शाखा कार्यालय, १ एक्स्टेन्सन काउण्टर र ५१ एटिएमबाट सरल, सुलभ एवं गुणस्तरीय सेवा प्रदान गरिरहेको छ ।

You might also like

Comments are closed.