काठमाडौं । फोकसवान पेमेन्ट सोलुसन्स् प्रा. लि. द्वारा संचालित मोको डिजिटल वालेट र एभरेष्ट बैंक लिमिटेडबीच भिसा कार्डमार्फत हुने डिजिटल भुक्तानी सेवासम्बन्धी सम्झौता भएको छ।
बैंकका ग्राहकलाई आफ्नो भिसा डेबिट र क्रेडिट कार्ड मोको डिजिटल वालेटमा लिंक गरी ती कार्डहरुबाट विभिन्न सेवाहरुको भुक्तानी गर्न सकिन्छ। मोबाइल टपअप, इन्टरनेट, विद्युत, खानेपानीको बिल भुक्तानी, हवाईजहाजको टिकट भुक्तानीलगायतका सेवाहरु प्रयोग गर्न सक्नेछन् ।
त्यसैगरी बैंकका ग्राहकहरुले मोकोमार्फत स्क्यान टू पे माध्यमबाट १ हजार ५ सय भन्दा बढी मर्चेन्टकोमा भुक्तानीसमेत गर्न सक्नेछन्। मोको डिजिटल वालेट गुगल प्लेस्टोर र एप स्टोरमा उपलब्ध छ। स्थापनाकालदेखि नै ग्राहकहरुको पहिलो रोजाइमा पर्न सफल यस बैंकमा हालसम्म करिब १२ लाख ग्राहकहरु रहेका छन् ।

साथै देशैभरि छरिएर रहेको आफ्नो ११८ शाखा संजाल, ४ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालय, १५२ एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैकिंङ सुविधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवादिँदै आइरहेको छ ।




Comments are closed.