काठमाडौं । नेपाली युवा उद्यमी मञ्च र द योङ इन्टरप्रेनर्स ग्रुप अफ एसिया प्यासिफिकबीच सम्झौता भएको छ ।
नेपाली युवा उद्यमी मञ्चका अध्यक्ष रितेश लामिछाने, द्वितीय उपाध्यक्ष कुसल सुन्दर शाक्य र द योङ इन्टरप्रेनर्स ग्रुप अफ एसिया प्यासिफिकका अध्यक्ष मंगेशलाल श्रेष्ठको उपस्थितिमा सम्झौतामा हस्ताक्षर गरिएको हो ।
त्यस्तै, अन्तर्राष्ट्रियस्तरका कार्यक्रम नेपालमा ल्याउने, विदेशमा हुने कार्यक्रममा सहभागी हुने तथा आपसमा विभिन्न कार्यक्रममा सहकार्य गर्नेलगायतका सम्झौता भएका छन् ।

द योङ इन्टरप्रेनर्स ग्रुप अफ एसिया प्यासिफिक एसियाकै प्रतिष्ठित सामाजिक संस्था हो । यसमा एसियाका युवा उद्यमीहरुको आबद्धता छ ।




Comments are closed.