गोर्खाज फाइनान्सको तीजलक्षित योजना सार्वजनिक

गोर्खाज फाइनान्स लिमिटेडले नेपाली महिलाहरुको महान पर्व तीजको उपलक्ष्यमा थप सेवा सुविधा सहितको नारी बचत खाता योजना सार्वजनिक गरेको छ ।

गोर्खाज फाइनान्सको शाखा कार्यालयहरुमा नारी बचत खाता खोल्दा निशुल्क लकर सुविधा, निशुल्क एटिएम कार्ड, मोबाइल बैकिङ,डिम्याट सेवा पाउनुका साथै सिआश्वा शुल्क समेत निशुल्क गरेको जानकारी प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार घिमिरेले दिएका छन् ।

आगामी दिनमा निक्षेप तथा कर्जामा थप नविनतम योजनाहरु ल्याउने र व्यापार व्यवसायको दायरा फराकिलो बनाउने उद्देश्यको साथ कार्य गरिरहेको वित्तीय संस्था प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार घिमिरेले जानकारी दिए ।

footwear zone

यस फाइनान्सका हाल २६ शाखा र १ एक्स्टेन्सन काउण्टरसहित सातै प्रदेशमा शाखा सञ्चालनमा रहेका छन् ।

 

You might also like

Comments are closed.