सुनचाँदीको मूल्य पुनः बढ्यो, कतिमा हुँदैछ कारोबार?

काठमाडौं ।  नेपाली बजारमा सुनचाँदीको मूल्यमा उतार चढाव कायमै रहेको छ । बुधबार तोलामा ३ सय रुपैयाँले बढेको छापावाल सुनको मूल्य बिहीबार पनि पुनः ५ सय रुपैयाँले बढेको छ ।

तोलामा ५ सय रुपैयाँले बढेसँगै आज छापावाल सुनको मूल्य तोलाको ९५ हजार ८ सय रुपैयाँ कायम भई कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । हिजो छापावाल सुन तोलाको ९५ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य तोलाको ९५ हजार ३ सय रुपैयाँ कायम भई कारोबार भइरहेको छ । बुधबार तेजाबी सुनको मूल्य तोलाको ९४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

footwear zone

त्यस्तै, चाँदी पनि बिहीबार  तोलामा १० रुपैयाँले बढेको छ । तोलामा १० रुपैयाँले बढेसँगै आज चाँदी तोलाको १ हजार १ सय ७५ रुपैयाँ कायम भई कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी तोलाको १ हजार १ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।

महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

You might also like

Comments are closed.