पोउवा संघको उपमहासचिवमा युवा उद्यमी अधिकारीद्वारा उम्मेदवारी घोषणा

पोखरा । निजी क्षेत्रको छाता संस्था पोखरा उद्योग वाणिज्य संघको उपमहासचिवमा युवा उद्यमी हर्कबहादुर अधिकारी (मिरोज) ले उम्मेदवारी घोषणा गरेका छन् ।

दुई कार्यकाल कार्यसमितिमा रहेर काम गरिसकेका अधिकारीले उद्योगी व्यवसायीहरुको भावनाअनुसार आफूले उपमहासचिवमा उम्मेदवारी घोषणा गरेको आर्थिक आवाजलाई बताए ।

सिटीवान टेलिभिजनका सञ्चालक एवं सचिवसमेत रहेका अधिकारी माउन्ट एभरेष्ट डेभलपर्स प्रा.लि का प्रवन्ध निर्देशक एवं वन्दिपुर केवलकार एण्ड टुरिजम लि. का सञ्चालकसमेत हुन् । अधिकारीले अध्यक्षका उम्मेदवार अर्जुन पोखरेलको प्यानलबाट उम्मेदवारी घोषणा गरेका हुन् ।

footwear zone

You might also like

Comments are closed.