बजारमा आयो होन्डा सीबी३००एफ बाइक, यस्ता छन् विशेषताहरु !

काठमाडौं । भारतस्थित होन्डा मोटरसाइकल एन्ड स्कुटर इन्डियाले होन्डा सीबी३००एफ बाइकलाई बजारमा ल्याएको छ ।

होन्डा सीबी३०० एफ ३ रङ र २ भेरियन्ट डिलक्स र डिलक्स प्रोसहित २ लाख २५ हजार भारु मूल्यसहित हालै बजारमा आएको हो । होन्डा सीबी३०० मिड साइज बाइकको विशेष लाइनमा निर्माण गरिनेछ ।

सो बाइकमा २९३ सीसीको आयल–कुल्ड फोर भल्व एसओएचसी इन्जिन समावेश गरिएको छ । होन्डा सीबी३०० मा १० नयाँ प्याटेन्ट एप्लिकेशन्सको साथमा आधुनिक इनोभेसन, डिजाइन र टेक्नोलोजीले फरक लुक दिइएको छ ।

footwear zone

सीबी३००एफ १५० एमएम चौडा रियर टायर र ५ स्टेप एड्जस्टेबल रियर मोनोशक सस्पेन्सनको साथ उपलब्ध छ । यसले सडकमा उत्कृष्ट पकड बनाउँछ ।

बाइकको फ्रन्टमा २७६ एमएम र रियरमा २२० एमएमको ब्रेकिङ पावर रहेको छ । यसमा ६ स्पिड ट्रान्समिसन र एलईडी हेडल्याम्पको विकल्प छ ।

नयाँ होन्डा सीबी३०० मा राइडिङलाई नियन्त्रणमा राख्न ड्युअल च्यानल एबीएसको साथै सेफ्टी फिचर पनि प्रदान गरिएको छ । साथै असिस्ट र स्लिपर क्लचले सवारीलाई आरामदायी बनाएको छ ।

यसको लुक, अगाडि झुकेको स्ट्यान्सले सवारीलाई अझ आक्रमक बनाउँछ, जबकि स्प्लिट सिट, कम्प्याक्ट मफलर र स्टाइलिस भी आकारको अलोय ह्विलले यसलाई स्पोर्टी लुक दिएको छ ।

सीबी३००एफ को मस्कुलिन र टोन्ड ट्यांकले अन्तर्राष्ट्रिय स्ट्रिट फाइटर बाइकिङ अनुभव दिन्छ । भारत स्थित होन्डाको प्लान्टमा एक्टिभा, डियो, ग्राजिया र हालै लन्च गरिएको सीबी३०० एफको उत्पादन हुने गर्छ ।

 

You might also like

Comments are closed.