सेयर बजारमा आएन सुधार : नेप्से १८.२९ अंकले घट्यो, १ अर्ब ७१ करोडको कारोबार

काठमाडौं । साताको पाचौं कारोबारको दिन आज सेयर बजार परिसूचक (नेप्से) १८ दशमलव ३० अंकले ओरालो लागेको छ। आज सेयर बजार परिसूचक नेप्से १८ दशमलव २९ अंकले घटेर दुई हजार ३९ दशमलव ५५ विन्दुमा झरेको छ ।

हिजो थोरै भए पनि हरियो भएको सेयर बजार आज भने राताम्मे भएको छ। नेप्से परिसुचकसँगै ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ३ दशमलव ७८ अंकले ओरालो लागेको छ ।

आज दुई सय १९ वटा कम्पनीको ४२ लाख ३४ हजार कित्ता सेयर किनबेच हुँदा एक अर्ब ७१ करोड ७४ लाखमा कारोबार भएको छ। सबैभन्दा धेरै हिमाल दोलखा हाइड्रोपावर कम्पनीको ११ करोड २४ लाख रुपैयाँ र रिडी हाइड्रोपावरको नौ करोड ४१ रुपैयाँको सेयर किनबेच भएको छ

footwear zone

आज सबै समूहको सेयर घटेर बजार राताम्मे भएकोमा जलविद्युत्, विकास बैंक, उत्पादन र बीमा समूहको सेयर उच्च अंकले घटेको छ । आज मैलुङ खोला जलविद्युत् कम्पनीको सेयर झन्डै ६ प्रतिशतले घटेको छ ।

You might also like

Comments are closed.