केशव खत्रीद्वारा पोउवा संघको महासचिवमा उम्मेदवारी घोषणा

पोखरा । व्यवसायी केशव खत्रीले पोखरा उद्योग वाणिज्य संघको महासचिव पदमा उम्मेदवारी सार्वजनिक गरेका छन् । पोखरा उद्योग वाणिज्य संघको भदौ २४ र २५ गते हुने ३४औं महाधिवेसनका लागि खत्रीले महासचिवमा उम्मेदवारी घोषणा गरेका हुन् ।

यसअघि कार्य समिति सदस्य र उपमहासचिव भएर काम गरेको अनुभव उनीसँग छ । खत्रीले विशाल बजार व्यापारिक एसोसिएसन, फेन्सी व्यवसायी संघ लगायत विभिन्न व्यावसायिक संस्थाको सफल नेतृत्व गरिसकेका छन् ।

विभिन्न व्यावसायिक संघसंस्था र संघको कार्यसमिति तथा उपमहासचिव भएर काम गरेको अनुभवबाट महासचिवमा उम्मेदवारी प्रस्तुत गरेको खत्रीले बताए ।

footwear zone

सचिवालय व्यवस्थापन लगायत संघको गरिमा उच्च हुने गरी आफूले महासचिव भएर काम गर्ने खत्रीको प्रतिबद्धता छ ।

You might also like

Comments are closed.