कामपा प्रमुखको एक्सन : बिहान अनुगमन, दिउँसो डोजर

काठमाडौं । अवैध संरचना भत्काउने क्रममा आज काठमाडौं महानगरपालिकाले नयाँबानेश्वरस्थित अल्फाबिटा कम्प्लेसले बनाएको अवैध संरचनामा डोजर लगाएर भत्काएको छ ।

अवैध संरचना हटाउने अभियान चलाएका कामपाका प्रमुख बालेन्द्र साह अल्फाबिटामा आज बिहान महानगरको अन्य टोलीसहित अनुगमनमा गएका थिए । अनुगमनका क्रममा घरधनीले नक्सा देखाउन आनाकानी गरी नक्सा महानगरमानै होला भनेपछि  कामपा नक्सा विभागमा आएर प्रमुख साहले उक्त घरको नक्सासहित डोजर लिएर आएपछि अवैध संरचना भत्काउने काम भएको नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए ।

नक्सा स्वीकृत हुने बेला खुलाइएको प्रयोजनविपरीत सञ्चालनमा भएका संरचनाका विषयमा प्रमुख साहले भने, “अब उपरान्त यस्तो गर्न नपरोस्, सबैले आफैं बुझेर अनधिकृतरूपमा बनाइएका संरचना आफैँ हटाइदिनुहोला, नक्सा पास भएअनुसार निर्माण र प्रयोग गरिदिनुहोला ।”

footwear zone

कामपाले बेसमेन्ट, सेमी बेसमेन्ट र जमिन तला स्वीकृत नक्साबमोजिम सञ्चालन गर्न ३५ दिने सूचनामार्फत अनुरोध गरेको थियो । सूचनाको म्याद सकिँदासम्म पनि कसैबाट जिम्मेवारीपूर्वक पार्किङ नखुलाएपछि भदौ ६ गतेदेखि बानेश्वर क्षेत्रबाट अनधिकृत संरचना हटाउन सुरु गरिएको हो ।

अनुगमनका क्रममा आज कामपाले उक्त क्षेत्रमा बेसमेन्टको प्रयोग गरेर करिब पाँच ठाउँमा व्यवसाय सञ्चालन गरेको पाएपछि नक्सा पासअनुरूप प्रयोग गर्न निर्देशन दिएको छ । आजको कारवाहीका विषयमा जानकारी दिँदै नगर प्रहरी प्रमुख पाण्डे भन्छन्, “वडा नं ९ मा मुक्ति विकास बैंक भएको भवनको बेसमेन्टमा सञ्चालन भएको व्यवसाय वडाध्यक्षको रोहबरमा बन्द गराइएको छ ।”

मंगलबारदेखि सुरु भएको यस किसिमको कार्यअन्तर्गत बुधबार काठमाडौं मल र आरबी कम्प्लेक्समा बनाइएका नक्सा पासविपरीतका संरचना भत्काइसकेको छ ।

You might also like

Comments are closed.