आरसी कोलाको जि–पावर इनर्जी ड्रिङस बजारमा

काठमाडौं । आरसी कोलाको जि-पावर इनर्जी ड्रिङस बजारमा आएको छ । अमेरिकी ब्राण्ड आरसी कोलालाई नेपाली बजारमा बिक्री वितरण सुरु गरेको भेन्चुरा बोटलर्स प्रालिले जि–पावरको उत्पादन सुरु गरेको हो ।

कम्पनीले गैंडाको फोटो राखेर जि-पावरलाई ब्राण्डिङ गरेको छ । ‘जि’लाई गैंडासँग तुलना गरिएको छ । जि-पावरको अधिकतम खुद्रा मूल्य सय रुपैयाँ राखिएको छ ।

कम्पनीले आरसी कोला, माइटी रेन, लेमन लाइन, वरेन्ज, मसला कोला जेरब लगायतका प्रडक्ट बजारमा बिक्री वितरण गरिरहेको छ ।

footwear zone

८० वटा डिलरमार्फत देशभर कम्पनीले आरसी कोलालाई बिक्री वितरण गर्दै आइरहेको छ ।

मकवानपुरमा अत्याधुनिक प्रविधिसहितको प्लान्ट स्थापना गरी कम्पनीले आरसी कोला उत्पादन गर्दै आइरहेको छ । अमेरिकी स्तरको प्रकृयामा नेपाली पानीको समिश्रण गरि आरसी कोला उत्पादन भइरहेको कम्पनीले जनाएको छ ।

सन् १९०५ देखि उत्पादन सुरु गरिएको अमेरिकी मौलिक सफ्ट पेय पदार्थ हो ‘आर सी कोला’ ।

You might also like

Comments are closed.