काठमाडौं । साताको छैटौं दिन आज सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ९५ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज पनि स्थिर रहेर सोही मूल्यमा कारोबार भइरहेको छ ।
तेजावी सुन प्रतितोलामा ९५ हजार ३ सय रुपैयाँमै कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदीको मूल्य पनि आज स्थिर रहेर १ हजार १ सय ७५ रुपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला ११ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।




Comments are closed.