आएन सेयर बजारमा सुधार !

साताको अन्तिम दिन नेप्से १६.९३ अंकले घट्दा १ अर्ब २९ करोडको कारोबार

काठमाडौं । साताको अन्तिम कारोबार दिन आज पनि सेयर बजार परिसूचक (नेप्से) घटेको छ । बिहीबार १८ दशमलव ३० अंकले घटेको नेप्से आज पुनः १६ दशमलव ९३ अंकले घटेर दुई हजार २२ दशमलव ६२ अंकमा झरेको छ । त्यसैगरी आज सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ७५ अंकले घटेर तीन सय ९१ दशमलव ७६ अंकमा झरेको छ।

आज दुई सय १३ वटा कम्पनीको ३५ लाख ८८ हजार कित्ता सेयर किनबेच हुँदा एक अर्ब २९ करोडको कारोबार भएको छ। सबैभन्दा धेरै हिमाल दोलखा हाइड्रोपावर कम्पनीको ६ करोड ६८ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

आज १३ समूहको कारोबार भएकामा जीवन बिमा समूहको सूचक २९ दशमलव २९ अंकले बढेर नौ हजार चार सय ३६ दशमलव ४८ अंकमा पुगेको छ भने, बाँकी समूहहरूको सूचक उच्च अंकले घटेका छन् ।

footwear zone

तीमध्ये वाणिज्य बैंक समूहको सूचक नौ दशमलव सात अंकले घटेर १३ सय ४९ दशमलव ४६ अंकमा झरेको छ । विकास बैंक समूहको सूचक ४७ दशमलव ६९ अंकले घटेर तीन हजार ६ सय ३९ दशमलव ७० अंकमा झरेको छ ।

यसैगरी जलविद्युत् समूहको सूचक पनि ४० दशमलव ६६ अंकले घटेर दुई हजार तीन सय ८५ दशमलव १७ अंक, निर्जीवन बीमा समूहको सूचक पनि ५६ दशमलव सात अंकले घटेर आठ हजार एक सय २१ दशमलव ८९ अंकमा झरेको छ ।

You might also like

Comments are closed.