ओम डेभलपमेन्ट बैंक र पोखरा विश्वबिधालय बीच सम्झौता

 

तनहुँ, ८ माघ

ओम डेभलपमेन्ट बैंक लि.र पोखरा विश्वबिधालय स्कुल अफ विजनेश बीच मानव संसाधन लगायत बिधार्थीहरुलाई अध्ययन अनुसन्धानमा आबश्यक पर्ने वित्तीय लगायत विविध विषयहरुमा सहयोग गर्ने गराउने सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

footwear zone

सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारी तथा पोखरा विश्वबिधालय स्कुल अफ विजनेशका तर्फकाट डा. रबिन्द्र घिमिरेले हस्ताक्षर गरेका थिए ।

उक्त सम्झौता पत्रमा ओम डेभलपमेन्ट बैंकलाई आवश्यक पर्ने जनशक्ति व्यबस्थापनमा पोखरा विश्वबिधालयमा स्तातक तथा स्नातकोत्तर तहमा अध्ययनरत बिधार्थीहरुलाई प्रात्साहित गर्ने, बैंकद्धारा सञ्चालन गरिने बित्तीय साक्षरता कार्यक्रममा बिश्वबिधालयमा अध्ययनरत बिधार्थीहरुको सहयोग लिने, भिजिटिङ प्रोफेसरका रुपमा बिश्वबिधालयमा अध्ययनरत बिधार्थीलाई बैंकिङ तथा वित्तीय क्षेत्रका विविध विषयमा जानकारी गराउने तथा बैंकद्धारा प्रबाह गरिने सेवा सुविधाका बारेमा बिधार्थीहरुद्धारा अध्ययन अनुसन्धान गर्ने लगायत विविध विषयहरु पनि समेटिएका बैंकका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारीले बताए ।

You might also like

Comments are closed.