प्रभु क्यापिटलका हितग्राही ग्राहकका लागि विशेष अफर

काठमाडौं । प्रभु क्यापिटल र टीथ्री थकाली ग्रुप बिचमा समझौता भएको छ । यही भदौ ८ गते भएको सम्झौताअन्र्तगत प्रभु क्यापिटलका हितग्राही ग्राहकले टीथ्री थकाली ग्रुपबाट सेवा लिँदा १२ प्रतिशतसम्म छुट पाउने भएका छन् ।

यो योजनाबाट लाभ लिन हितग्राहीले चेक आउट वा विल पेमेन्ट गर्दा प्रभु क्यापिटलमा हितग्राही खाता रहेको देखाउनु पर्नेछ । प्रभु क्यापिटलले चाँडवाडको अवसर पारी आफ्ना हितग्राही ग्राहकका लागि यो विशेष अफर ल्याएको हो ।

सम्झौताको मितिदेखि तीन महिनासम्म सञ्चालन हुने यो अफरको लाभ क्यापिटलको हितग्राही ग्राहकले टीथ्री थकाली ग्रुपको एयरपोर्ट, महाराजगंज तथा टोखाका शाखाहरुबाट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

footwear zone

नेपाली पुँजी बजारमा भिडियो केवाइसीमार्फत डिम्याट खाता खोल्ने सुविधा ल्याएको पहिलो तथा एकमात्र मर्चेन्ट बैंकर प्रभु क्यापिटल लिमिटेडले समयानुसारकोे प्रविधि अपनाउदै आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ । हाल प्रभु क्यापिटलले २ लाख १५ हजार माथि हितग्राही ग्राहकलाई डिपी सेवा प्रदान गरिरहेको छ ।

You might also like

Comments are closed.