काठमाडाैं । नेपाल घरेलु तथा साना उद्योग महासंघले अन्तर्राष्ट्रिय श्रम संगठन ILO सँगको सहकार्यमा बागमती प्रदेश, मधेश प्रदेश र १ नं. प्रदेशका पर्यटन, कृषि र निर्माणको क्षेत्रका अनौपचारिक कामदार, महिला तथा विदेशबाट फर्केकाहरुलाई लक्षित गरी Work-based Skills Development Programme परियोजना संचालन गरेको छ ।
करिव ४ महिने अवधिको उक्त परियोजनाको शुक्रबार एक कार्यक्रमकाबीच शुरुवात गरिएको छ । महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले गमलाको फूलमा जल सिंचन गरी कार्यक्रमको शुरुवात गरेका छन् ।
शुभारम्भ कार्यक्रममा महासंघका निवर्तमान अध्यक्ष श्यामप्रसाद गिरी, उपाध्यक्षहरु हरिहर थापा, सत्यनारायण प्रजापति, महासचिव डम्वरप्रसाद रेग्मी, कोषाध्यक्ष अच्युतप्रसाद पाण्डेलगायत पदाधिकारी तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

शुभारम्भ कार्यक्रममा परियोजनाको उद्देश्य, कार्यान्वयन प्रकृया र भावी कार्ययोजनाको बारेमा महासंघका कार्यक्रम प्रवन्धक जगन्नाथ पौडेलले प्रस्तुतीमार्फत जानकारी गराएका थिए ।
परियोजना अवधिमा १६० जना अनौपारिक क्षेत्रका कामदार, महिला तथा विदेशबाट फर्केकालाई पर्यटन, कृषि र निर्माण क्षेत्रसँग सम्बन्धित विषयमा सीपमूलक तालिम प्रदान गरी सम्बन्धित क्षेत्रमा रोजगार बनाइनेछ ।




Comments are closed.