पोखरा । निजी क्षेत्रको छाता संस्था पोखरा उद्योग वाणिज्य संघको वाणिज्यतर्फको उपाध्यक्षमा युवा उद्यमी सोवित पौडेलले उम्मेदवारी घोषणा गरेका छन् । अघिल्लो महाधिवेशनमा सोही पदमा थोरै मतले उपबिजेता भएका पौडेलले आसन्न महाधिवेशनमा पनि सोही पदमा उम्मेदवारी दिने भएका छन् ।
भदौ २४ र २५ गते संघको ३४औं महाधिवेशन हुँदैछ । एक कार्यकाल कार्यसमिति र त्यस अगाडि विभिन्न समिति उपसमितिमा रहेर पौडेलले संघमा काम गर्दै आइरहेका छन् ।
एक पटक चुनाव हार्दैमा संघबाट टाढा हुनुहुँदैन भन्ने मान्यतासहित आफूले पुनः उम्मेदवारी दिने निर्णय गरेको पौडेलले बताए । ‘संघमा निरन्तर सक्रिय भएर काम गर्ने मेरो तिब्र चाहना छ,’ उनले भने, ‘संघमा आबद्ध सम्पूर्ण उद्योगी, व्यवसायीबाट मैले पूर्ण साथ, समर्थन र माया पाउनेमा म विश्वस्त छु ।’

डाँफे होटल ट्रेनिङ सेन्टर, विन्ध्यबासिनी पार्टी प्यालेस, कान्तिपुर टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज, सोजी हाउजिङ एण्ड अपार्टमेन्ट कम्पनी लगायत अन्य व्यवसायमा आबद्ध पौडेल लायन्स, जेसिज लगायतका सामाजिक संघसंस्थामा सक्रिय छन् ।




Comments are closed.