काठमाडौं । हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडले २ करोड भन्दा बढी संस्थापक सेयर लिलामी गर्न लागेको छ ।
एचआईडीसीएलले आगामि भदौ २० गतेबाट कुल २ करोड ३२ लाख ४ हजार ४९५ कित्ता संस्थापक सेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा ल्याउन लागेको हो ।
यो लिलामी सेयरमा जोकोही व्यक्ति, संस्था वा कम्पनीले आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

लिलामीमा राखिएको सेयर न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । यसको अर्थ लगानीकर्ताले न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ ।
यसअघि कम्पनीले दुईपटक संस्थापक समूहको अवितरित हकप्रद सेयर लिलामीमा राखेको थियो । दुवैपटक बिक्री हुन नसकेको सेयर फेरि कम्पनीले लिलामीमा राख्न लागेको हो । बोलपत्र आउँदो असोज ४ गते बैंकिङ समयसम्म बोलपत्र पेस गर्न सकिनेछ ।
लगानीकर्ताले धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको काठमाडौं नक्सालस्थित कार्यालयका साथै ग्लोबल आइएमई बैंकको विर्तामोड, विराटनगर, जनकपुर, वीरगन्ज, हेटौँडा, नारायणगढ, पोखरा, बुटवल, बागलुङ, नेपालगन्ज, सुर्खेत, घोराही, धनगढी र महेन्द्रनगर शाखाबाट आवेदन दिन सक्नेछन् ।




Comments are closed.