काठमाडौं । नेपाल फुटवेयर म्यानुफ्याक्चर्स एसोसिएसन अफ नेपालद्वारा आयोजित ‘दसैं जुत्ता चप्पल व्यापार मेला’ सकिन मात्र ६ दिन बाँकी रहेको छ ।
भदौ ५ गतेबाट सुरु भएको मेलामा अवलोकनकर्ताको उत्साहजनक उपस्थिति रहेको अध्यक्ष नानीराज घिमिरेले बताएका छन् । भदौ ५ गतेबाट सुरु भएको मेला २० गतेसम्म चल्नेछ ।
हरितालिका तीज नजिकिएसँगै मेलामा तीजका लागि जुत्ता चप्पल खरिद गर्नेहरुको आकर्षण देखिएको एसोसिएसनमका उपाध्यक्ष एवं मेला संयोजक सुरज बन्जाडेले जानकारी दिए ।

मेलामा नेपालका चर्चित ब्राण्डका कम्पनीहरु सहभागी भएकाले गुणस्तरीय जुत्ता चप्पल खरिद गर्न सकिने एसोसिएसनका पूर्व अध्यक्ष होमनाथ उपाध्याय बताउँछन् । मेलामा जुत्ता चप्पल खरिद गर्दा १५ देखि ५० प्रतिशतसम्म छुट प्रदान भइरहेको उनले जानकारी दिए ।
स्वदेशी ब्राण्डको प्रवद्र्धन गर्न मेला आयोजना गरिएको आयोजकको भनाइ छ ।





Comments are closed.