सर्लाही । प्रभु बैंक लि. र सर्लाहीस्थित लिलावती हस्पिटलबीच एक सम्झौता भएको छ । उक्त सम्झौताअनुसार बैंकका ग्राहकले हस्पिटलको सेवामा विशेष छुट पाउने भएका छन् ।
उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट हरिवन शाखा कार्यालय प्रमुख मनोजकुमार साह र लिलावती हस्पिटलका निर्देशक डा. किशोर साहले हस्ताक्षर गरेका छन्।
सम्झौताअनुसार बैंकका ग्राहकहरूले लिलावती हस्पिटलद्धारा सञ्चालित (ल्याब, एक्स) रे, अल्ट्रा साउण्ड, अपरेशन (सी.एस्, टि.ए.एच्) र नर्मल डेलिभरी सेवामा १० प्रतिशतका साथै आइ.पी.डी (बेड चार्ज), एन्आ.इ.सी.यु सेवामा १५ प्रतिशत छुट प्राप्त हुने भएको छ ।

यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहकहरू लाभान्वित हुने विश्वास रहेको बैंकले जनाएको छ ।




Comments are closed.