काठमाडौं । गरिमा विकास बैंकले ७३ महिना १० दिनमै निक्षेप दोब्बर र ११६ महिना ६ दिनमा निक्षेप तेब्बर हुने ‘गरिमा मालामाल मुद्दती योजना’ सार्वजनिक गरेको छ ।
महामारी पछिको बढ्दो मुद्रास्फीतिले आम नेपालीहरुको जीविका झनै खर्चिलो हुन पुगेको छ, जसले कम ब्याजदरमा बचत गर्न उनिहरुले अरुची देखाइरहेको अवस्थामा गरिमा बैंकले छोटो समयमा निक्षेप दोब्बर र तेब्बर हुने प्रभावकारी एवं समयसापेक्ष बचत योजना सार्वजनिक गरेको हो ।
साथै, यस विकास बैंकको यो योजनाले भावी दिनमा आम नेपालीहरुको जिविका सहज गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास राखेको छ ।

हाल, यस विकास बैंकले नेपालभर १२० शाखा कार्यालय, १ एक्स्टेन्सन काउण्टर र ५१ एटिएमबाट सरल, सुलभ एवं गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको छ । साथै, यस विकास बैंकले चाडै नै क्रेडिट कार्ड पनि सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।




Comments are closed.