मनिपाल नेपालीको स्वामित्वमा आएपछि महिला कर्मचारीको सम्मानमा तीज विशेष कार्यक्रम

पोखरा । मनिपाल कलेज अफ मेडिकल साइन्सेज तथा शिक्षण अस्पतालले पहिलो पटक तीज विशेष कार्यक्रम आयोजना गरेको छ । कलेज स्थापाको २८ वर्षे इतिहासमा पहिलो पटक महिला कर्मचारीहरुको सम्मानमा तीज कार्यक्रमको आयोजना गरिएको हो ।

मनिपाल अस्पतालको व्यवस्थापन बापौं होल्डिङ्सले सम्हालेपछि पहिलो पटक शुक्रबार तीज विशेष कार्यक्रम भएको हो । ४ सय संख्यामा महिला कर्मचारीहरुको उपस्थिति कार्यक्रममा रहेको कलेजले जनाएको छ । तीज कार्यक्रममा तिजे गीतमा नृत्य प्रतियोगिता तथा परम्परागत भेषभुषाको प्रतियोगिता पनि सम्पन्न भएको छ ।

कार्यक्रममा स्वागत नृत्य विष्णुमाया गुरुङ र सोनी ढेवाजूको समूहले प्रस्तुत गरेका थियो ।

footwear zone

नृत्य प्रतियोगितामा अस्पताल तथा कलेजका विभिन्न विभागहरुबाट सात समूहले प्रतिस्पर्धा गरेका थिए । जस अन्तर्गत सर्जिकल वार्डका मनशुभा गुरुङ र निशिका थापा प्रथम भए भने एमर्जेन्सी वार्डका अन्जु नेपाली, मिना बिक, शिला खत्री, शिमा लामा, अर्पणा राजबंशी र निकिता श्रेष्ठ उपबिजेता बनेका छन् ।

परम्परागत भेषभुषाको प्रतियोगितामा पहिलो बिजेता प्राइभेट वार्ड कि सेलिना मोक्तान र उपबिजेता फार्मेसीकी सीता मगर भइन् । बिजयी प्रतियोगीलाई मञ्जु गोख्लेले पुरस्कार बितरण गरेकी थिइन् । सहभागी महिला कर्माचारीहरुले पहिलो पटक अस्पतालको आयोजनामा तीज कार्यक्रम गरेकोमा खुशी व्यक्त गरेका थिए ।

कार्यक्रममा आयोजित तीज नृत्य प्रतियोगिता र परम्परागत भेषभुषा प्रतियोगिताको सञ्चालन गंगा पोखरेल र सुनिता बरालले गरेका थिए ।

You might also like

Comments are closed.