काठमाडौं । नेपाली बजारमा एफएमसिजी प्रडक्ट बिक्री वितरण गर्दै आइरहेको प्रशिद्ध ब्राण्ड हाइलाइफसँग हाथवे इन्भेष्टमेन्ट नेपाल लि. र बिग इण्डस्ट्रिज लिमिटेडले साझेदारी गरेका छन् । साझेदारीका सम्बन्धीमा सोमबार तीन पक्षबीच सम्झौता भएको छ । सम्झौता पत्रमा हाइलाइफ फुड्सका प्रवन्ध निर्देशक प्रशान्त घिमिरे, बिग इण्डष्ट्रिजको तर्फबाट अम्बिकाप्रसाद पौडेल र हाथवेको तर्फबाट योगेश्वर शर्मा ढकालले हस्ताक्षर गरेका छन् ।
हाइलाइफले नेपाली बजारमा एफएमसिजी ब्राण्डमा आक्रामक रुपमा बजार बिस्तार गर्न सफल छ । देशव्यापी नेटवर्क मार्फत हाइलाइफका प्रडक्ट बिक्री हुँदै आइरहेका छन् । दुई प्रतिष्ठित व्यावसायिक समूहको आबद्धतासँगै हाइलाइफ फुड्सले आगामी दिनमा आयात प्रतिस्र्थापन गरी कृषि जन्य बस्तुको निर्यात बढाउने लक्ष्य लिएको छ ।
बुटवलबाट उदाएको हाइलाइफ समूह पछिल्ला केही वर्षदेखि काठमाडौंमा कर्पोरेट कार्यालय खोली बजार बिस्तारमा केन्द्रित छ । आगामी दिनमा हाइलाइफका उत्पादन अझै बढी बृद्धि गरी आम उपभोक्ता माझ पुर्याउने र विदेशमा समेत निर्यात बढाइने प्रवन्ध निर्देशक प्रशान्त घिमिरेले बताए । हाइलाइफ ब्राण्डका चिउरा, कर्नफ्लेक्स, ओट्स, चिया सिड्स, सोयानि, ग्रीन टि लगायतका प्रडक्ट बजारमा लोकप्रिय छन् ।

कार्यक्रममा बोल्दै हाथवेका योगेश्वर शर्मा ढकालले प्रशिद्ध ब्राण्ड हाइलाइफसँग साझेदारी गर्न पाउँदा खुसी लागेको बताए । बिग इण्डष्ट्रिजका अम्बिकाप्रसाद पौडेलले कृषि उत्पादन बढाउन र नेपाललाई यस्ता उत्पादनमा आत्मनिर्भर बनाउन हाइलाइफसँग साझेदारीले महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे । हाइलाइफ फुड्स आगामी दिनमा पब्लिक लिमिटेड कम्पनीमा परिणत हुने र आइपिओ निष्काशन गर्ने पौडेलले बताए ।
हाइलाइफमा हाथवे र बिग इण्डष्ट्रिजको प्रवेशले आफूहरुलाई थप ऊर्जा मिलेको हाइलाइफ फुड्सका प्रवन्ध निर्देशक प्रशान्त घिमिरेले बताए । हाइलाइफ फुड्सका बजार व्यवस्थापक पंकज ज्ञवालीले हाथवे इन्भेष्टमेन्ट समुूह र बिग इण्डष्ट्रिजको साझेदारीले हाइलाइफले एफएमसिजीमा नयाँ उत्पादन ल्याउने र थप बजार विस्तार गर्ने बताए ।
यसैबीच त्रिपक्षीय साझेदारीपछि हाइलाइफमा तीन सदस्य विशेष समितिसमिति गठन भएको ज्ञवालीले जानकारी दिए । विशेष समितिको संयोजकमा अम्बिकाप्रसाद पौडेल तथा सदस्यमा प्रशान्त घिमिरे र सन्दिप शाह छन् ।

हस्ताक्षर समारोहमा हाइलाइफ फुडका संस्थापक अध्यक्ष तुलसी घिमिरे, सञ्चालक नगेन्द्र घिमिरे, सञ्चालक पंकज ज्ञवाली, सञ्चालक लक्ष्मण घिमिरे, सञ्चालक बासुदेव भुषालसहित हाथवे इन्भेष्टमेन्ट समूह र बिग इण्डष्ट्रिजका लगानीकर्ता तथा सञ्चालकको उपस्थिति थियो ।




Comments are closed.