नेपाल बैंकबाट आइपीओ भर्दा सिआस्वा शुल्क नलाग्ने

काठमाडौं । नेपाल बैंक लिमिटेडबाट आइपीओ भर्ने ग्राहकहरुले धितोपत्र आबेदनमा तिर्नुपर्ने सिआस्वा शुल्कमा पुरै छुट पाउने भएका छन् ।

बैंकका अनुशार अवदेखि सम्पूर्ण ग्राहकहरुले नेपाल बैंकबाट निःशुल्क रुपमा आइपीओ भर्न सक्नेछन् । हाल नेपाल धितोपत्र बोर्डले धितोपत्र खरिद सम्बन्धि सुबिधा उपलब्ध गराए बापत बैंक तथा वित्तीय संस्थाले बढिमा पाँच रुपैयाँ सेवा शुल्क लिन पाउने व्यवस्था गरेको छ ।

नेपालभर २१९ शाखाहरु, १८६ एटिएम साथै ४९ वटा एक्टेन्सन काउन्टर मार्फत करिब २१ लाख ग्राहकहरुलाई वित्तीय सेवा पुुर्‍योईरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ प्रविधि मार्फत बैंकिङ सेवा सुविधा प्रदान गर्दै प्रतिस्पर्धीको रुपमा अगाडि बढिरहेको छ ।

footwear zone

विगत केहि बर्ष यता बैंकले छिटोछरितो र गुणस्तरीय ग्राहक सेवामा मुख्य जोड दिई युवा जनशक्ति मार्फत नेपाल राज्यभर बैंकिङ सेवा प्रदान गरिरहेको छ । दक्ष व्यवस्थापन, युवा कर्मचारी र आधुनिक प्रविधीको समुचित प्रयोग भएसंगै आम नेपालीमा नेपालको पहिलो बैंक नेपाल बैक प्रतिको आकर्षण दिन प्रतिदिन बढ्दै गएको देखिन्छ ।

You might also like

Comments are closed.