एकैदिन तोलामा ८ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं ।  नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । बुधबार छापावाल सुन तोलामा एकैदिन ८ सय रुपैयाँले घटेको छ ।

आज तोलामा ८ सय रुपैयाँले घटेसँगै छापावाल सुनको मूल्य तोलामा ९४ हजार रुपैयाँमा कारोबार भई रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । मंगलबार छापावाल सुन तोलामा ९४ हजार ८ सय रुपैयामा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुन तोलामा ९३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।त्यसैगरी, चाँदी पनि बुधबार तोलामा १५ रुपैयाँले घटेको छ ।

footwear zone

तोलामा १५ रुपैयाँले घटेसँगै आज चाँदी तोलाको ११ सय ३० रुपैयाँमा कारोबार भईरहको महासंघले जनाएको छ । मंगलबार चाँदी तोलाको १ हजार १ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।

 

You might also like

Comments are closed.