काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडले असोज ५ गतेदेखि ९५ लाख ३५ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।
कम्पनीले हाल कायम १ कित्ता सेयर बराबर नयाँ १.४७५२ कित्ता शेयरको अनुपातमा ९५ लाख ३५ हजार कित्ता हकप्रद सेयर निष्काशन गर्ने भएको हो ।
यसअनुसार कम्पनीले एक सय रुपैयाँ अंकित दरका ९५ करोड ३५ लाख ७६ हजार ९९ रुपैयाँ बराबरको ९५ लाख ३५ हजार ७६०.९९ कित्ता हकप्रद जारी गर्ने छ।

कम्पनीको हकप्रद शेयरको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। हकप्रदमा मुक्तिनाथ क्यापिटल र मुक्तिनाथ विकास बैंकको विभिन्न शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। यसका साथै धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका अलवा मेरो सेयर सफ्टवेयर मार्फत असोज २५ गतेसम्म आवेदन दिन पाउनेछन्।
हकप्रद निष्कासनका लागि कम्पनीले भदौ १२ गते शेयर दाखिला खारेजी (बुकक्लोज) गरेको थियो। यसअनुसार भदौ १० गतेसम्म नेप्सेमा कारोबार भइ कायम यस कम्पनीका सेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन्।




Comments are closed.