सेल्सबेरी अफरको दोस्रो विजेता बने हरि ढुंगाना

काठमाडौं ।  सेल्सबेरी डिपार्टमेन्ट स्टोरलेचाडपर्व लक्षित गरी सञ्चालनमा ल्याएको ‘चाडवाडको लहर, तिलहरीको रहर, फोन पेको साथ सेल्सबेरीको अफर’ नामक योजनाकोदोस्रो विजेता घोषणा भएको छ ।

उक्त योजनाको दोस्रो हप्ताको विजेता हरि ढुंगाना बन्न सफल भएका छन् ।दोस्रो हप्ताको विजेता बन्न सफल भएका ढुंगानाले एक तोलाको छड्के तिलहरी जित्न सफल भएको कम्पनीले जनाएको छ ।

सेल्सबेरीका अनुसार गत हप्ता रुबेश राणा विजयी भएका थिए । उनलाई फेसबुक लाइभमार्फत छड्के तिलहरी हस्तान्तरण गरिएको सेल्सबेरीले जनाएको छ ।

footwear zone

सेल्सबेरीले अझै पनि दुई हप्ताका दुई विजेता घोषणा हुन बाकी भएकाले सम्पूर्ण ग्राहकलाई योजनामा सहभागी हुन सेल्सबेरीले अनुरोध गरेको छ । विजेताले १ तोलाको छड्के तिलहरी प्राप्त गर्नेछन् । यो योजना १ भदौदेखि ३१ भदौसम्म लागू हुनेछ ।

You might also like

Comments are closed.