दसैंको अवसरमा शाओमी नेपालले ल्यायो “दशmiअफर”

काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपालीहरुको महान चाड वडा दसैं २०७९ को अवसरमा आफ्ना ग्राहकहरूका लागि विभिन्न अफरहरु ल्याएको छ ।

एक महिना लामो यो ‘दश mi’ क्याम्पेनमा शाओमी फोन खरिद गर्ने जो कोहीले पनि ‘दश mi’ लक्कीड्रामा प्रत्यक्ष सहभागी भई दशःष् क्याम्पेन अन्तर्गत रहेका रोमाञ्चक उपहारहरू जित्ने मौका पाउन सकिने छ ।

शाओमीले ग्राहको आवश्यकतालाई ध्यानमा राख्दै चाडपर्वको अवसरमा केही नयाँ किन्न चाहने ग्राहकहरूका लागि विशेष ‘दश mi’ अफर ल्याएको छ । ‘दश mi’ क्याम्पेन अन्तर्गत एक भाग्यशाली विजेताले  Mi को 4S 65″ को TV, चार जनाले Mi को43″ को TV  र दैनिक १० जना भाग्यशाली ग्राहकहरूले Bud 3 Lite, Motion Night Light र Neckband Pro मध्ये कुनै एक जित्ने मौका पाउने छन् ।

footwear zone

यस अफरको बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर अमित कुमार पंडाले भने “नेपालमा शाओमी लन्च भएदेखि नै हामीले हाम्रा ःष् फ्यानहरूबाट अप्रत्याशित माया र समर्थन पाएका छौं । यसले हामीलाई हाम्रा उत्पादनहरुमा उच्च मापदण्डहरू सेट गर्न सधैं प्रोत्साहित गरेको छ । दशैंलाई लक्षित गर्दै शाओमीले यो चाडपर्वको मौसममा आफ्ना ग्राहकहरूको केही नयाँ किन्न र आफ्ना प्रियजनहरूसँग रमाइलो गर्दै मनाउने इच्छालाई पूरा गर्न यो विशेष अफर ल्याएको छ ।”

अफर भदौ १६ गते बिहीबारदेखि आश्विन १४, गतेसम्म लागु हुने छ । यो अफर दराज र सस्तो डिलमा पनि लागू हुने छ ।

You might also like

Comments are closed.