बैंक अफ काठमाण्डूको एटिएम तथा पीओएसहरुमा मास्टरकार्डबाट कारोबार गर्न सकिने

काठमाडौं । बैंक अफ काठमाण्डूको एटिएम तथा पीओएसहरुमा मास्टरकार्डबाट कारोबार गर्न सकिने भएको छ । बैंकको सम्पूर्ण एटिएमबाट मास्टर कार्ड प्रयोग गरि नगद निकाल्न तथा बैंकको पीओएसहरुमा मास्टर कार्ड प्रयोग गरी भुक्तानीहरु गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मास्टर कार्ड प्रयोगकर्ताहरुले बैंकको जुनसुकै एटिएम तथा बैंकका पीओएस मर्चेन्टहरुमार्फत कारोबार गर्न सक्ने भएका छन् ।

यस बंैकको एटिएम तथा पीओएसहरुमा हाल भिसा र युनियन पे को नेटवर्कबाट जारी भएको कार्डहरु मात्र कारोबार गर्न मिल्ने थियो । यस सम्झौताले हाल प्रयोगमा भएका भिसा र युनियन पेसहित मास्टर कार्डको नेटवर्कबाट जारी भएका सम्पूर्ण कार्डहरुको भुक्तानी बैंकको सबै एटिएम तथा पीओएसको माध्यमबाट गर्न सकिनेछ ।

साथै, उक्त सम्झौैताअनुसार बैंक अफ काठमाण्डू लिमिटेडले मास्टर कार्डसंग सहकार्य गरि निकट भविष्यमा आफ्ना ग्राहकहरुलाई मास्टरकार्ड उपलब्ध गराउनेछ ।

footwear zone

मास्टरकार्ड बाहकहरुले बैंक अफ काठमाण्डूले विभिन्न स्थानमा राखेको एटिएम तथा विभिन्न होटलहरु, रेस्टुरेन्टहरु, फिटनेस सेन्टरहरु, स्टोरहरु, अस्पतालहरु, स्वास्थ्य क्लिनिकहरु, इन्स्टिच्युटहरुलगायत अन्य धेरै स्थानहरुमा सेवा तथा सुविधा पश्चात् आफुसंग भएको मास्टरकार्ड प्रयोग गरी भुक्तानी गर्न सक्नेछन् ।

हालसम्म बैंक अफ काठमाण्डूले १०३ शाखा कार्यालयहरु, ९७ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको छ ।

You might also like

Comments are closed.