Road Safety National Plan जारी गर्ने प्रक्रिया पुनः आगाडि बढ्यो

काठमाडौं । भौतिक पूर्वधार तथा यातायात मन्त्रालयले विगत लामो समयदेखि थाती रहेको Road Safety National Plan जारी गर्ने प्रक्रिया पुनः आगाडि बढाएको छ ।

विश्वमा भयानक समस्याको रुपमा रहेको सडक दुर्घटना न्यूनीकरण गर्न संयुक्त राष्ट्र संघले गत वर्ष मात्र Global  Action  Plan  जारी गरेको थियो । सोहि ग्लोबल प्लानमा सदस्य राष्ट्रको प्रतिवद्धता अनुरुप नेपाललेसमेत यस दशक २०२१–३० मा दुर्घटनाको मृतक र घाइतेको संख्या कम्तिमा आधा घटाउने लक्ष्य रहेको छ ।

यसै सन्दर्भमा नेपालले पनि सन् २०३० सम्मलाई लक्षित गरि National Plan को लागि स्टेकहोल्डर्स र विज्ञहरुसमेतको बैठक यसै हप्ता काठमाडौंमा सम्पन्न गरेको छ ।

footwear zone

मन्त्रालयले विश्व बैंकको सहयोगमा दुई वर्ष अगाडिदेखि कन्सल्टेन्ट नियुक्ति गरि ड्राफ्टसमेत भइसकेको अवस्थामा त्य बारेको सम्पूर्ण कार्य ठप्प जस्तो भएकोमा पेशागत संगठन, अभियन्ताहरु, नागरिक समुदाय तथा पिडित समेतले यथाशक्य छिटो Action  Plan जारी गर्ने दबाब दिँदै आएका थिए । त्यसमा दातृ निकाय, विकासे एजेन्सी र मिडिया समेत नागरिकको पक्षमा थिए । प्रस्तवित एक्सन प्लानमा पाँच पिलर, राष्ट्रिय र अन्र्तराष्ट्रिय प्रतिवद्धतासमेत समेटिएको छ ।

You might also like

Comments are closed.