काठमाडौं । कुमारी बैंक लिमिटेडले आजबाट ऋणपत्र बिक्री खुला गरेको छ । बैंकले ३० लाख कित्ता ऋणपत्र भदौं १७ गते शुक्रबारदेखि निष्कासन गरेको हो ।
बैंकले १ हजार अङ्कित दरको ३० लाख कित्ताले हुन आउने ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र गरेको छ । जसमध्ये १२ लाख कित्ता सर्वसाधारणका लागि खुला गरिएको छ भने १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गर्न छुट्याइएको छ । सामूहिक लागानी कोषहरुले ५ प्रतिशतले हुन आउने कुल ६० हजार कित्ता पाउनेछन् ।
आवेदन दिँदा न्यूनतम २५ कित्ता र अधिकतम १२ लाख कित्तासम्मको लागि आवेदन दिन सकिनेछ । यसमा सी-आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ ।

यस ऋणपत्रमा छिटोमा भदौ २१ गते र सो अवधिसम्ममा पुरै आवेदन नपरेमा ढिलोमा भदौ ३१ गतेसम्म आवेदन दिन सकिने बैंकले जनाएको छ । बैंकले १० वर्ष अवधिको ‘केबीएल डिबेन्चर २०८९’ ऋणपत्र जारी गरेको हो जसमा वार्षिक ११५ ब्याजदर दिने बैंकले जानकारी दिएको छ ।
ऋणपत्र निष्कासनको लागि सिद्धार्थ क्यापिटल लिमिटेड बिक्री प्रबन्धक रहेको छ ।




Comments are closed.