काठमाडौं । कुमारी बैंक लिमिटेडले “Excellence in E-Commerce Business 2022” अवार्ड पाएको छ । भद्रो १५ गते Visa International द्वारा “Leaders’ Conclave Payments Innovation For Digital Nepal” सम्मेलनको आयोजना भएको थियो ।
सो आयोजित Leaders’ Conclave सम्मेलनमा Visa International द्वारा कुमारी बैंक लिमिटेड लाई ”Excellence in E-Commerce Business 2022” अवार्डले सम्मानित गरिएको हो ।
यो अवार्ड कुमारी बैंकलाई अभिनव उत्पादन (Innovative Product) र कार्ड भुक्तानी उद्योगमा उच्चतम इकमर्स व्यवसायको मात्रा (Highest Ecommerce Business Volume) हासिल गरेकोमा प्रदान गरिएको हो ।

आफ्नो स्थापनाकालदेखि नै बैंकिङ सेवा सुविधामा आधुनिक डिजिटल प्रणालीलाई आत्मसाथ गर्दै अघि बढेको र आगामी दिनहरुमा पनि आफ्ना सेवाहरुको प्रभावकारिता तथा पहुँच वृद्धिका निमित्त आफ्नो डिजिटल सामथ्र्य सुदृढीकरणमा दत्तचित्त भएर अघि बढ्ने प्रतिबद्धता कुमारी बैंकले जनाएको छ ।
हाल कुमारी बैंकले आफ्ना देशव्यापी १९८ शाखा सञ्जाल, १९४ एटिएम, ५० शाखारहित बैंकिङ इकाई तथा २४ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक सेवासुविधाहरु प्रदान गर्दै आएकोे छ भने बैंकले आगामी दिनहरुमा अझ सुरक्षित, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लग्ने प्रतिबद्धता जनाएको छ ।




Comments are closed.