काठमाडौं । फोर्स मोटर्सको आधिकारीक विक्रेता हिमालय अर्गनाइजेसनअन्तर्गत आयाम इन्टरकन्टिनेन्टल प्रा.लि.ले कुनै पनि गाडीको खरीदमा भरमार उपहारको वर्षा लिएर आएको छ ।
नेपालीहरुको महान चाड दसैं र तिहारको अवसरमा ग्राहक वर्गलाई मध्यनजर गर्दै उक्त अफर ल्याएको हो । जसअन्तर्गत आकर्षक नगद छुट, वासिङ्ग मेसिन, स्मार्ट टिभी, स्मार्ट फोनलगायतका उपहारहरुको वर्षा ल्याएको छ । यो अफर भदौ १७ देखि लागु भई छट पर्व अर्थात् २०७९ कार्तिक १३ गतेसम्म लागु हुनेछ ।
बिगत ८ वर्षदेखि फोर्स मोटर्स लि.ले नेपालमा आफ्नो आधिकारिक बिक्रेता आयाम इन्टरकन्टिनेन्टल प्रा.ली. मार्फत आफ्ना गाडीहरुको बिक्री वितरण गर्दै आइरहेको छ ।

आयाम इन्टरकन्टिनेन्टलले काठमाडौंको गैहिृधारा, पोखराको चाउथे र इटहरीमा आफ्नै शोरुम संचालनमा ल्याएको छ भने, स्थानीय डिलरको रुपमा चितवनको भरतपुरमा, झापाको बिर्तामोड, ललितपुरको बाघडोल, सिराहाको लाहान, धनुषाको जनकपुरमा डिलरमार्फत फोर्स मोटर्सका गाडीहरु बिक्री वितरण गर्दै आएको छ ।
ग्राहक वर्गले आफुलाई पायक पर्ने स्थानमा गएर यस अफरको फाइदा लिन सक्ने प्रा.लि. ले जनाएको छ । साथै यी सम्पुर्ण शोरुममा 3S (Sales, Service, Spareparts) सहितको सुविधा पनि रहेको छ ।




Comments are closed.