काठमाडौं । रामदेव तेलले बुवाको मुख हेर्ने दिनको उपलक्ष्यमा आयोजना गरेको प्रतियोगितामा लक्की ड्र मार्फत पुरस्कार जित्न सफल प्रतियोगीहरुलाई पुरस्कार वितरण गरेको छ ।
लक्की ग्रुपको भागिनी संस्था गणपति बनस्पति प्रा.लि. द्वारा उत्पादन गरि बिक्री वितरण गर्दै आइरहेको रामदेव तेलले आम सर्वसाधरण एवं उपभोक्ताहरुसँग अन्तरक्रिया गर्ने उदेश्यले कुशे औशीको उपलक्ष्यमा कमेन्ट एण्ड बिन योजना ल्याएको थियो । उक्त योजना सहभागी भई लक्की ड्र मार्फत पुरस्कार जित्न सफल प्रतियोगीहरुलाई शुक्रबार एक समारोहका बीच कुलेश्वरमा पुरस्कार वितरण गरिएको हो ।
जसअन्र्तगत लक्की ड्र मार्फत विजेता हुन सफल प्रतियोगीहरुमध्ये २ जना काठमाडौंकी करुणा पाठक र दिपा ताम्राकारले जनही १/१ कार्टुन रामदेव सनफ्लावर तेल प्राप्त गरे । रामदेव तेलका बजार प्रबन्धक विनोद श्रेष्ठले विजेताहरुलाई पुरस्कार वितरण गरेका थिए । रामदेव तेलले डिजिटल मिडियामार्फत जोडी उत्पादनसँग परिचित गराएको भन्दै विजेताले धन्यवाद दिएका थिए ।

गणपति बनस्पति प्रा.लि.ले रामदेव ब्राण्डको सनफ्लावर, तोरी र भटमासको तेल उत्पादन गरी बजारमा बिक्री वितरण गर्दै आइरहेको छ । रामदेव तेलले अब शुरु हुने नेपालीहरुको महान चाडपर्वका लागि चाडपर्वको बहार हरेक हप्ता आकर्षक उपहार योजना सार्वजनिक गरिसकेको छ ।
जसअनुसार फेसबुकमार्फत हुने प्रतिस्पर्धामा जो सुकैले भाग लिन सक्ने तथा हरेक हप्ता २ जना विजेतालाई लक्की ड्र मार्फत पुरस्कार वितरण गरिने कम्पनीले जनाएको छ । गणपति बनस्पति प्रा.लि. लक्की ग्रुपको भागिनी संस्था हो ।




Comments are closed.