काठमाडौं । यती एअरलाइन्सले यात्रुहरुको लागि सस्तो टिकट उपलब्ध गराउन क्यासब्याक अफर ल्याएको छ । यती एअरलाइन्सको विभिन्न गन्तब्यहरुको टिकट मोबाइल एप वा वेबसाइट मार्फत् खरिद गर्दा रु. ३०० देखि १००० रुपैयाँसम्मको क्यासब्याक हुने एअरलाइन्सले जनाएको छ ।
यती एअरलाइन्सले डिजिटल वालेटहरुसँगको सहकार्यमा ‘डिस्काउन्ट पनि, क्यासब्याक पनि’ अफर ल्याएको र यो हालसम्मकै धेरै धनराशिको क्यासब्याक भएको एअरलाइन्सले दाबी छ । भदौ १८ देखि ३० गते भित्र मोबाइल एप वा वेबसाइटबाट टिकट खरिद गर्दा यात्रुहरुलाई अब टिकट सस्तो पर्नेछ ।
‘हवाई ईन्धनमा भएको मूल्य वृद्धि तथा बिमानस्थल सेवा शुल्कमा भएको परिवर्तनले टिकटको मूल्य बढेको अवस्थामा यो क्यासब्याक अफरले केही मात्रामा भए पनि राहत दिनेछ,’ यती एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले भने ।

यो अफरको प्रभावकारिताका आधारमा भदौ ३० पछि पनि योजनालाई निरन्तरता दिन सकिने बर्तौलाले जानकारी दिए । डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न र यात्रुहरुलाई तत्कालै लाभ हुने सुविधा दिनका लागि यो अफर ल्याइएको एअरलाइन्सले जनाएको छ ।
अफरअन्तर्गत, फ्लाइट बुकिङमा एक हजार रुपैयाँसम्मको रकम डिस्काउन्ट र क्यासब्याक गरी तत्कालै तर अलग–अलग प्राप्त हुनेछ । जसमा केही रकम बिलमा स्वतः घट्नेछ भने केही रकम बुकिङ्गकर्ताको ध्बििभत मा क्यासब्याक स्वरुप प्राप्त हुनेछ ।




Comments are closed.